तनहुँमा कोरोना संक्रमित एकै परिवारका ३ को मृत्यु « Khabarhub

तनहुँमा कोरोना संक्रमित एकै परिवारका ३ को मृत्यु


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँमा कोरोना संक्रमित एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा बाबुलाई कोरोना पुष्टि भएपछि उनको स्यहारसुसारमा खटिएका दुई छोराहरुलाई पनि कोरोना देखिएको थियो ।

९८ वर्षीय ती वृद्धको असोज २५ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा, ७५ वर्षीय पुरुषको असोज २४ गते काठमाडौंस्थित बिएण्डबी अस्पतालमा र ७२ वर्षीय पुरुषको असोज १९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ५ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना