राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा | Khabarhub Khabarhub

राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा २ हार र ६ जितसहित १२ अंक भएको छ ।

राजस्थान भने ८ खेलमा ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ४९ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न