गाउँपालिकाको केन्द्र विवादले बैतडीमा झडप, गाउँपालिका अध्यक्षसहित १४ जना घाइते « Khabarhub

गाउँपालिकाको केन्द्र विवादले बैतडीमा झडप, गाउँपालिका अध्यक्षसहित १४ जना घाइते


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ ।

सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए ।

केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदासमेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन् भने सङ्घर्षरत पक्षका ६ जना घाइते भएका छन् ।

अध्यक्ष बिष्टसँग रहेका अन्य तीन जना घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ ।

सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : १६ बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज