विराटनगरमा थप तीन संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा थप तीन संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्।

असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो ।

यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताए । ती पुरूषमा सुगर र उच्च रक्तचापको समस्या रहेको उनले बताए ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ ।

उनको बुधबार साँझ ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महिलामा मुटु सम्बन्धी पूरानै समस्या रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु