ट्रम्पका कान्छा छोरामा पनि कोरोना संक्रमण « Khabarhub

ट्रम्पका कान्छा छोरामा पनि कोरोना संक्रमण


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पमा पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले भने संक्रमण मुक्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी संक्रमणमुक्त भइसक्दा पनि संक्रमण भएको सार्वजनिक गरिएको थिएन ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।

संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ४५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि