एनआरएनए मध्यपूर्वको शुक्रबार क्षेत्रीय भेला, गैरआवासीय नेपालीका समस्याबारे छलफल हुने « Khabarhub

एनआरएनए मध्यपूर्वको शुक्रबार क्षेत्रीय भेला, गैरआवासीय नेपालीका समस्याबारे छलफल हुने



दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेला शुक्रबार हुँदैछ ।

दुई दिनसम्म चल्ने भेलामा गैरआवासीय नेपालीहरुको समस्याका बारेमा छलफल हुनेछ ।

‘आजको आवश्कता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चित’ भन्ने मूल नाराको साथ यही अक्टोबर १६ र १७ तारिखमा भेला हुन लागेको हो ।

बुधबार साँझ प्रवासका संचारकर्मीहरुको समाचार संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन)ले भर्चुअल बिधिबाट पत्रकार सम्मेलन गर्दै एनआरएनएले यस्तो जानकारी दिएको हो ।

एनआरएनएका अभियन्ताहरुले सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्ने मात्र नभई सम्भावनाहरु पनि खोज्न सुझाव दिएका छन् ।

गैरआवासीय राष्ट्रिय समन्वय परिषद् कतारले आयोजना गर्न लागेको भेलामा मध्यपूर्वमा रहेका नेपालीहरुको रेमिटान्स मात्र नभई विदेशमा सिकेको ज्ञानसीपलाई पनि नेपालको विकासमा सदुपयोग गर्न नेपाल सरकारलाई खाका पेस गर्न सुझाव दिइने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खाली कोरोनाका कारण मध्यपूर्वमा १ लाख भन्दा बढी नेपाली संक्रमित भएको बताउँदै अझै पनि स्वदेश फिर्तीका लागि सहज नभएको बताए ।

यस्तै, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमानले कोरोना बेला कतार सरकारले नेपालीहरुलाई आफ्नो नागरिक सरह ब्यबहार गरेको तथा नेपालीहरु भोको नहुन खाद्यान्न उपलब्ध गराएको बताए ।

मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारे पनि आगामी भेलामा छलफल हुनुपर्नेमा जोड दिए । उनले एनआरएनए कतारलाई आयोजक बनाएकोमा मध्यपूर्वका एनआरएनए अध्यक्षहरुलाई धन्यवाद दिएका छन् ।

एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले कोरोना कारण मध्यपूर्वबाट रोजगारी गुमाएर फर्किएका नेपाली महिला दिदीबहिनीहरुलाई उनीहरुको सीपअनुसारको रोजगारी नेपालमै दिने विषयमा सरकारलाई झकझक्याउनु पर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १ : ४० बजे

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा