जावा मोटरसाइकल (क्लासिक लिजेन्ड्स) अब नेपालमा | Khabarhub Khabarhub

जावा मोटरसाइकल (क्लासिक लिजेन्ड्स) अब नेपालमा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो ।

उक्त बजार प्रवेश कार्यक्रम अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुको अनावरण गरे ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५०० रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५०० रुपैयाँ तोकिएको छ ।

जहाँ मोडल जावा फोर्टी र्टु भरियन्टमा आएका छन्, जावा–फोर्टीटु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमश : ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

नेपालमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु । इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शौरुममा जान सकिनेछ ।

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमश : स्थापना गर्दै जाने योजना रहेको छ ।

काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ३ : ५८ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ