चितवनमा २० जनाले गरे प्लाज्मा दान « Khabarhub

चितवनमा २० जनाले गरे प्लाज्मा दान


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् ।

चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउन प्लाज्मा दान गरेका हुन् ।

कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन् । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए ।

उनका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : ३८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ