जो बाइडेनविरूद्धको लेख ट्वीटमा रोक लगाइएपछि ट्वीटर प्रमुखलाई केरकारको तयारी | Khabarhub Khabarhub

जो बाइडेनविरूद्धको लेख ट्वीटमा रोक लगाइएपछि ट्वीटर प्रमुखलाई केरकारको तयारी


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको डेमोक्र्याटिक दलका राष्ट्रपति उम्मेदवार जो बाइडनका आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्न ट्वीटरले रोकेपछि रिपब्लिकन नेताहरू रूष्ट भएका छन् ।

बुधवार ट्वीटरले न्यूयोर्क पोस्टको लेख राख्न रोकेपछि ट्वीटरका प्रमुख ज्याक डोर्सीलाई केरकार गर्नेसमेत रिपब्लिकन सिनेटरहरूले जनाएका छन् ।

न्यूयोर्क पोस्टको लेखमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू समावेश भएपछि त्यसलाई ट्वीटरले रोकेको थियो ।

ती रिपोर्टमा ह्याक गरिएका सामग्री तथा निजी जानकारी रहेकाले ट्वीटरमा प्रकाशन गर्न रोकिएको जनाएको छ ।

उक्त लेखमा जो बाइडनका छोरा हन्टर बाइडनले पठाएका तथा प्राप्त गरेका इमेलहरूका स्क्रीनशट रहेका छन् ।

तिनमा हन्टर बाइडनका व्यक्तिगत फोटोहरू पनि छन् जुन उनले ल्यापटप मर्मत गर्न दिँदा झिकिएको ठानिएको छ।

त्यो लेखमा सन् २०१५ को एप्रिलमा युक्रेनको ऊर्जा कम्पनीका एक सल्लाहकारले हन्टरलाई पठाएको इमेल रहेको छ जसमा उनले जो बाइडनलाई भेट्न वाशिङ्गटन आउन निम्तो गरेकोमा हन्टरलाई धन्यवाद दिएका छन्।

तर, सो लेखमा उक्त बैठकपछि साँच्चिकै भेट भयो वा भएन भन्ने खुलाइएको छैन। ट्वीटरका प्रमुख डोर्सीले आफ्नो संस्थाको निर्णय राम्रो ढङ्गले बुझाउन नसकिएको बताएका छन् ।

तर, ट्वीटरको उक्त निर्णयसँगै सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्ड्से ग्राहमले अर्को साता डोर्सीलाई सोधपुछका निम्ति बोलाउने तयारी भएको जनाएका छन् ।

अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले ट्वीटरको कदमलाई निर्वाचनमा हस्तक्षेपको सङ्ज्ञा दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ४९ बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही