सुजी फाउण्डेसनले दियो सरकारलाई २० थान नेजल क्यानुला | Khabarhub Khabarhub

सुजी फाउण्डेसनले दियो सरकारलाई २० थान नेजल क्यानुला


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुजी फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० थान नेजल क्यानुला सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत फउण्डेसनका महेस नकर्मीले २० थान नेजल क्यानुला स्वास्थ्य मन्त्रालयका प्रमूख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई मन्त्रालयमा शुक्रबार हस्तान्तरण गरेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयलाई प्राप्त भएको उक्त स्वास्थ्य सामग्री वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कोशी अस्पतालमा जडान गरिने डा गौतमलले जनाकारी दिए ।

उक्त सामग्री सहयोग गरेकोमा स्वास्थ्य मन्त्रालयले सुजी फाउण्डेसनलाई धन्यवाद समेत दिएका छन् ।

नेजल क्यानुला श्वासप्रश्वासको समस्या भएका व्यक्तिलाई आइसीयु तथा भेन्टिलेजरमा राख्दा कृत्रिम अक्सिजन दिन आवश्यक पर्ने स्वास्थ्य सामग्री हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ५१ बजे

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक