कोरोना संक्रमित सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइयो « Khabarhub

कोरोना संक्रमित सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइयो


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कोरोना पोजेटिभ देखिएपछि गृह जिल्ला कञ्चनपुरमै उपचार गराइरहेकी प्रतिनिधि सभाकी सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

संघीय संसदको महिला तथा सामाजिक समितिकी अध्यक्ष समेत रहेकी पाललाई बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया, मुटु तथा फोक्सोको पुरानो बिरामी समेत रहेकी सांसद पाललाई थप उपचारका लागि शुक्रवार काठमाडौं ल्याइएको हो ।

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ४७ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका