खिल परेको छ ? यसरी चिन्नुहोस् « Khabarhub

खिल परेको छ ? यसरी चिन्नुहोस्


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पैताला वा हत्केलामा हुने खिललाई अंग्रेजीमा कोर्न भनिन्छ । यो प्राय पैतालामा काँडा बिझ्यो र निस्केन अथवा केहि टुक्रा भित्र रह्यो भने पछि गएर खिलमा बदलिन्छ ।

खिल प्रायः दबाब पर्ने स्थानमा हुने गर्दछ । शरीरको कुनै एक भागमा बारम्बार घर्षण र दबाब पर्दछ र त्यहाँको छाला मृत हुन्छ भने त्यहा खिल हुन सक्छ । यो प्रायः खुट्टाको औँला, पैताला, हत्केला र हातका औँलामा देखिने गर्दछ ।

पहिचान गर्ने तरिका
खुट्टाको पैताला र हातको छालामा मोटो गाठो र खस्रोपन देखिन्छ, जसको बीच भागमा डटपेनको टुप्पोले थिच्दा दुखाई महशुस हुन्छ भने त्यो खिल हो भन्ने बुझ्नु पर्दछ ।

खिल हेर्दा सानो देखिन्छ । यसको बीचमा कालो टिका जस्तो चिन्ह हुन्छ । जहाँ मृत छाला उठेको हुन्छ । कुनै कुनै खिल नरम सेतो रबरजस्तो हुन्छ र छुदाँ कोमल हुन्छ ।

उपचार
खिलको उपचार प्रायः यहि नै भन्ने हुदैन । प्रायःले माथिल्लो भागमा देखिने बाक्लो छालाको मृत तह काट्ने गर्दछन् । कसैले कर्नटेप लगाएर हटाउने गर्दछन् । यसलाई शल्यक्रिया गरेर पनि निकाल्न सकिन्छ ।

चिकित्सकको परामर्श बिना यसो गर्दा यसको दुष्प्रभाव देखिन सक्छ । साथै केही समय पश्चात फेरि खिल देखा पर्न सक्छ । त्यसैले खिलका बिषयमा एक पटक चिकित्सकको परामर्श लिनु नै उत्तम हुन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै