नेपाल–भारत सीमामा बिओपी उद्घाटन | Khabarhub Khabarhub

नेपाल–भारत सीमामा बिओपी उद्घाटन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको बिओपीको उद्घाटन भएको छ ।

जिल्लामा हालसम्म ६ वटा बिओपी स्थापना भइसकेका छन् । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बलका बाहिनीपति डीआईजी किशोर प्रधानले मधुवन नगरपालिका–३ भगरैयामा बिओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल ३१ नम्बर गण अन्तर्गत भगरैयामा करिब १५ कट्ठा वन क्षेत्रको जग्गाको बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली तैनाथ हुने सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर राउतले बताए ।

नेपाल भारत सीमाको घना जंगलमा स्थापना भएको यस बिओपीले सिमानामा हुने आपराधिक गतिविधि नियन्त्रण, जंगली जनावरबाट स्थानीयबासीको धनजन रक्षा गर्ने र शान्ति सुरक्षामा खटिने डीआईजी प्रधानले जनाए ।

एक वर्षभित्र थप १९ वटा बिओपी स्थापना हुने भएको छ । ८३ किमी लामो नेपाल भारत सिमानामा करिब ३ किमी दूरीमा बिओपी स्थापना हुने छ । भारतीय सीमा ८० प्रतिशत घना जंगल छ । जिल्लामा मुख्यालय गुलरियासहित सात वटा सशस्त्र प्रहरीका युनिट सीमा र राजमार्गमा परिचालित छन् ।

फुटाहा, कालाबन्जर, कट्टी, धनौरा, राजापुरले सीमामा खटिएका छन् । सशस्त्रको, सानोश्री र कतरनियामा युनिटले पूर्वपश्चिम र हुलाकी सडकमा तैनाथ रहेको छ । सहायक प्रहरी उपरीक्षक राउतले बिओपी निर्माण भएपछि सिमा सुरक्षा, अपराधिक गतिविधि, तस्करी, लागूऔषध, हातहतियार ओसारपोसार लगायतका अपराध रोकिने बताए ।

बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला पर्दछ । सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीको २६ वटा युनिट तैनाथ छ । बर्दियासँग भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला ८३ किमीसम्म जोडिएको छ । २० वटा युनिट निर्माण भएपछि सीमा सुरक्षामा थप कडाइ हुने बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ४५ बजे

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

काठमाडौँ– बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परेर । पहिलो थिए

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक