अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दिए दशैँको शुभकामना « Khabarhub

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दिए दशैँको शुभकामना


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसले हिन्दूहरुको चाड बडादशैँ (नवरात्री) को शुभकामना दिएका छन्।

दुवै जनाले समाजिक सञ्जाल ट्विटरमार्फट शुभकामना दिएका हुन्। राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले आफू र आफ्नी पत्नी जिलका तर्फबाट अमेरिकी र संसारभरका हिन्दूलाई शुभकामना दिएका छन्।

उनले लेखेका छन्, “हिन्दू चाड नवरात्री शुरु भएको छ, जिल र म अमेरिका र संसारभर उत्सव मनाइरहेकाहरुलाई शुभकामना दिन्छौँ। फेरि एकपटक राम्रोले खराबविरुद्ध विजय प्राप्त गरोस्- र सबैलाई नयाँ शुरुआत र अवसरका लागि शुभकामना।”

उनको ट्वीट यस्तो छ

यसैगरी उपराष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले पनि श्रीमान् डोउग्लास इमहोफलाई मेन्सन गरेर दुवै जनाको तर्फबाट शुभकामना दिएकी छिन्।

उनले लेखेकी छिन्, “डोउग्लास इमहोफ र म हाम्रा हिन्दू अमेरिकन साथीहरु र परिवार तथा नवरात्री मनाइरहेका सबैलाई शुभकामना दिन्छौँ। यो दिनले हामी सबैलाई हाम्रो समुदायलाई समृद्ध अमेरिकालाई न्याय र समावेशी बनाउन प्रेरित गरोस्।”

यस्तो छ उनले लेखेको ट्वीट-

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ४९ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि