नेपाल बैंकद्वारा ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान « Khabarhub

नेपाल बैंकद्वारा ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले वार्षिकोत्सवको शुभ–अवसरमा आफ्ना ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ्ग सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

बिक्रम संम्वत् १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाको दिन बैंकको स्थापना भएको हो ।

देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ०१ बजे

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले