विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु « Khabarhub

विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३  हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् ।

यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ४७ जनाको मृत्यु भएको छ । ७० लाख ३ हजार १८ जना संक्रमित भएकोमा ३२ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ५२ बजे

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने