महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ | Khabarhub Khabarhub

महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ ।

पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायतका केही प्रदेशमा कोरोना महामारीले ७ महिनाअघि बन्द गरिएका विद्यालय तथा रेल सेवा आज सुरू गर्न लागिएको छ ।

मुम्बईमा बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल सञ्चालनको अनुमति दिइएको छ । तर, यात्रुले अनिवार्य स्वास्थ्य मापदण्डका नियमहरू पालना गर्नुपर्नु छ ।

स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित विद्यालयहरू पनि खुल्न लागेका छन् ।

उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइए पनि विद्यार्थीहरुलाई विद्यालय जानै पर्ने अनिवार्य गरिएको छैन ।

पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ ।

सिक्किममा पनि आजैबाट पठनपाठन थालिने भएको छ । जाडोको र शनिबारको विदा पनि कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएसँगै सिक्किम पठनपाठन नियमित हुन लागेको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : २६ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म