सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री | Khabarhub Khabarhub

सडक निर्माणसँगै गाउँमै मोटरसाइकल बिक्री


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुख्य सडकहरु जाजरकोट भएर जाने क्रम वृद्धिसँगै मोटरसाइकल कम्पनीका शाखाहरु स्थापना हुने क्रम बढेको छ ।

दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेत जाने जाजरकोटेलीहरु अहिले सदरमुकामै स्थापना भएका सोरुमबाट नै खरिद गर्ने गरेका छन् ।

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट–डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका सोरुम जिल्लामा भित्रने क्रम बढेको छ ।

जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्रीको कार्य निकै बढेको छ ।

गत साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट १२० भन्दा बढी मोटरसाइकल बिक्री भएको एमाह कम्पनीको अधिकारिका सोरुम तथा लक्की तथा आर्दश सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए ।

हालसम्म चार सय किलोमिटरभन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए ।

नलगाड जलविद्युत आयोजना (४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य सुरु भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ ।

छिन्चु – जाजरकोट सडक भित्र ९ पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख भट्टले बताए ।

जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु समेत जिल्ला आउन सहज भएको छ ।

जिल्लाका आन्तरिक सडकमा समेत कालोपत्रको काम सुरु गर्न लागिएको वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले निजी क्षेत्र पनि जाजरकोटमा सशक्त हुँदै गएको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ०५ बजे

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु