इजरायलका कृषिमन्त्रीसँग राजदूत शाक्यको भेटवार्ता, नेपालमा कृषि फार्म खोल्न आग्रह « Khabarhub

इजरायलका कृषिमन्त्रीसँग राजदूत शाक्यको भेटवार्ता, नेपालमा कृषि फार्म खोल्न आग्रह



दोहा- इजरायलका लागि नेपाली राजदूत डा.अञ्जना शाक्यले त्यहाँका कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्तामा कृषि र पशु विकासको क्षेत्रमा सहयोग तथा त्यसबाट लिन सकिने अवसरका विषयमा छलफल भएको राजदूत शाक्यले जानकारी दिइन् ।

डा. शाक्यले नेपाली किसानहरूलाई इजरायली कृषि प्रविधी सिकाउँदै दुबै देशमा लाभ हुने गरी जनशक्ति उत्पादनका लागि नेपालमा इजरायली कृषि फार्म खोल्न मन्त्री शुस्टरसँग अनुरोध गरेकी छन् ।

भेटका क्रममा नेपालका लागि इजरायलका नवनियुक्त राजदूत हनान गोडर, कृषि मन्त्रालयका उप-महानिर्देशक याकोव पोलेग र सिनाडकोका निर्देशक डानियल वर्नर पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ४६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा