आन्तरिक र बाह्य पर्यटकका लागि खुल्यो घलेगाउँ | Khabarhub Khabarhub

आन्तरिक र बाह्य पर्यटकका लागि खुल्यो घलेगाउँ


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोभिड १९ का कारण बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागी खुल्ला गरिएको छ ।

असोज १४ गतेदेखि घलेगाउँमा आन्तरिक र बाह्य पर्यटकलाई खुल्ला गरिएको हो । बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

६ महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको छ । घलेका अनुसार घलेगाउँमा पुग्ने पर्यटकले अनिवार्य रुपमा पिसीआर रिपोर्ट लैजानुपर्नेछ ।

सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको छ हाल दैनिक ८/१० जना पर्यटक घलेगाउँ पुग्ने गरेका छन् । घलेगाउँ पुग्ने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।

पर्यटक आगमन खुल्ला गरिएसँगै जिल्लाभित्र र जिल्ला बाहीरका पर्यटक पनि आउन थालेका छन् । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३४ घरमा सञ्चालन गरिएको छ ।

समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।

घलेगाउँमा नमुना चिया वगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली (डा.हर्क पिक) हिमाल, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ५२ बजे

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि

मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन्

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले नियमित महाधिवेशनका लागि

अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा

तेहरान- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको वार्ता प्रस्तावलाई आलोचना

सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा बस्दै