नेपाली बजारमा आउँदैछ नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ « Khabarhub

नेपाली बजारमा आउँदैछ नयाँ विद्युतीय गाडी ‘निशान लिफ’


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित “निशान लिफ” नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।

बिद्युतीय सवारीमा बिध्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम पुर्व निर्धारित समयामा हुन सकेको थिएन। तर नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडि २०२१ साल अप्रिलमा लन्च गर्ने भएको हो ।

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडि हो । यो गाडि बिद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ निसानको बिद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो ।

निशान लिफ संसारभर २ लाख ५० हजारभन्दा बढी बिक्री भैसकेको छ । यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुचमा पुग्ने पहिलो बिद्युतीय सवारी बन्न पुगेको छ ।

पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक्स भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ। अधिक हर्शपावार र टर्क सहित आउने सो गाडीमा उन्नत टेक्नोलोजी र फिचरहरु छन।

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। इ–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ३८ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग