नेपाली बजारमा आउँदैछ नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ « Khabarhub

नेपाली बजारमा आउँदैछ नयाँ विद्युतीय गाडी ‘निशान लिफ’


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित “निशान लिफ” नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।

बिद्युतीय सवारीमा बिध्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम पुर्व निर्धारित समयामा हुन सकेको थिएन। तर नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडि २०२१ साल अप्रिलमा लन्च गर्ने भएको हो ।

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडि हो । यो गाडि बिद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ निसानको बिद्युतीय गाडीहरुमा सबै भन्दा उन्नत कार हो ।

निशान लिफ संसारभर २ लाख ५० हजारभन्दा बढी बिक्री भैसकेको छ । यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुचमा पुग्ने पहिलो बिद्युतीय सवारी बन्न पुगेको छ ।

पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक्स भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ। अधिक हर्शपावार र टर्क सहित आउने सो गाडीमा उन्नत टेक्नोलोजी र फिचरहरु छन।

४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। इ–पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ३८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको