कोरोना नियन्त्रणमा सफलता हात पारेको चीनमा अर्थतन्त्रमा तिब्र सुधार « Khabarhub

कोरोना नियन्त्रणमा सफलता हात पारेको चीनमा अर्थतन्त्रमा तिब्र सुधार


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् ।

तर विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी संकुचनबाट गुज्रिरहेका छन् ।

सोमबार सार्वजनिक सरकारी विवरणमा गत सेप्टेम्बरमा समाप्त भएको यस वर्षका पछिल्ला तीन महिनामा अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार भएको उल्लेख छ । खुद्रा उपभोग्य सामानको बिक्री बढेको छ भने काराखानाको उत्पादनमा वृद्धि भएको छ । मास्क र अरु मेडिकल सामग्रीको निर्यात बढेका कारण चीनमा रोजगारी र उत्पादन दुबैमा सुधार आएको छ ।

क्यापिटल इकनमिक्सका जुलियन इभान्स–प्रिचर्डले एक रिपोर्टमा बताए अनुसार चिनियाँ अर्थतन्त्रको पुनरुत्थान जारी रहेको र सरकारी अनुदानको निर्भरता कम भएको छ । अर्थतन्त्रको वृद्धि अहिले पनि निरन्तर भइरहेको उनले बताए ।

चीनमा गत डिसेम्बरमा कोरोना महामारीको थालनी भए पनि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गत मार्चमा यस रोगको नियन्त्रण भइसकेको घोषणा गरेको थियो । उक्त घोषणासँगै विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीनले कारखाना, पसल र कार्यालय खोल्ने पहिलो मुलुक बन्यो ।

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमध्ये चीनको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष संयुक्तराज्य अमेरिका, युरोप र जापानको आर्थिक कृयाकलाप संकुचित हुँदैछन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यस वर्ष चीनको आर्थिक वृद्धि १.८ प्रतिशत हुने भविष्यवाणी गरिरहेको छ जबकि अमेरिकी अर्थव्यवस्था ४.३ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ । कोषले फ्रान्सको ९.८ प्रतिशत, जर्मनीको ६ र जापानको ५.३ प्रतिशतले अर्थतन्त्र संकुचित हुने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : २७ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित