रुघाले लामो समयसम्म सतायो भने के गर्ने ? | Khabarhub Khabarhub

रुघाले लामो समयसम्म सतायो भने के गर्ने ?


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाडोको मौसम शुरु हुन लाग्दा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाकबाट पातलो सिगान बग्ने लगायतका समस्या आउँछन् ।

पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन् :

कम पानी पिउनु

मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ । पानी, जुस र सूप प्रशस्त पिउनुस् ।

खानपिनमा अनियमितता

बिरामी भएपछि धेरैजसो मानिसले खानपिन छोडिदिन्छन् वा मसलायुक्त खानेकुरा खान्छन् । यसले शरीरलाई हानि गर्छ । बिरामी हुँदा शरीरलाई पोषक तत्त्व दिनुपर्छ । सही खानपान नहुँदा रुघाले लामो समयसम्म सताउँछ ।

तनाव

आजकल धेरै मानिस तनाव लिइरहेका हुन्छन् । तनाव नै धेरैथरी रोगको कारण हो भनी धेरैथरी अनुसन्धानले देखाएका छन् । तपाईंलाई पनि लामो समयसम्म रुघा लागेको छ भने चिकित्सकबाट परीक्षण गराउनुस् किनकि तनावका कारण पनि यसो भएको हुनसक्छ ।

व्यायाम

आवश्यकताभन्दा बढी व्यायामले पनि स्वास्थ्यलाई हानि गर्छ । बिरामी हुँदा व्यायाम गर्नु हुँदैन । रुघा लाग्दा एकदमै हलुका व्यायाम मात्र गर्नुस् ।

निद्रा

व्यस्त जीवनशैलीका कारण मानिसहरू भरपूर निद्रा लिन पाउँदैनन् जसले गर्दा उनीहरूको रुघा ठीक हुँदैन । पूरा निद्रा लिनुभयो भने छिट्टै ठीक हुनुहुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ४९ बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको