बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल « Khabarhub

बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल



दोहा- संयुक्त अरब एमिरेट्स (यूएई)को दुबईस्थित फौजदारी अदालतले बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल सजाय सुनाएको छ ।

सरसफाईको काम गर्ने २३ वर्षीय ती नेपालीले दुवई अन्तर्राष्ट्रिय विमानस्थलमा एक बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा अदालतले जेल सजाय गरेको हो ।

श्रीलंकाली बालिकालाई शौचालय गएको मौका छोपी ती नेपालीले बाथरुम बन्द गरेर दूर्व्यवहार गरेको आरोप लागेको थियो ।

दुबई प्रहरीले सीसीटीभी फुटेजको आधारमा त्यस बखत सरसफाईमा काम गर्ने ४ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले सोधपुछको क्रममा, चार जनामध्ये एक जना दोषी पाईएको र उनलाई जुलाईमा अदालतमा पेश गरिएको थियो । तर, ती नेपालीले उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

अदालतले उनलाई दुई वर्ष जेल सजाय समाप्त भएपछि डिपोट गर्ने त्यहाँ प्रकाशन हुने द नेशनल अनलाइनले जनाएको छ ।

ती नेपाली को हुन् भन्ने बारे केही खुलाएको छैन । यो घटना २३ नोभेम्बर २०१९ मा भएको थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५४ बजे

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६