च्याम्पियन्स लिगमा पीएसजी पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा पीएसजी पराजित


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पिन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खराब सुरूवात गरेको छ ।

मंगलबार भएको खेलमा म्यान्चेष्टर युनाईटेडले पीएसजीलाई २–१ ले हराएको छ।

नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए ।

एन्थोनी मार्टियलले ५५औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गर्दै गत सिजनको फाईनल खेलेको पीएसजीमाथि युनाईटेडले जित निकाल्यो ।

१८ महिना अघिमात्र रासफोर्डकै गोलमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

युनाईटेडका लागि गोलकिपर डेभिड डी जियाले सुधारिएको प्रर्दशन गरे । उनले पीएसजीका नेयमार र केलियन एम्बाप्पेको प्रहारलाई निस्तेज पारे ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : ४० बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन