तरुणदलको प्रशन : रोग र भोकमा जनताको साथमा नहुने सरकार किन चाहियो ? « Khabarhub

तरुणदलको प्रशन : रोग र भोकमा जनताको साथमा नहुने सरकार किन चाहियो ?


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सरकारसँग माग गरेको छ ।

महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै संक्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय तत्काल फिर्ता गर्न तरुण दलले माग गरेको हो ।

तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढिरहेका बेला कोरोना परीक्षण र निःशुल्क उपचारबाट सरकार पन्छिनु खेदजनक भएको बताएका छन् ।

‘महामारीको बेलामा सरकारले जनताप्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ- ‘यस्तो महामारीको बेला परीक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक विपरित परिक्षण, उपचार र लास व्यवस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ, यस्तो निर्णय अत्यन्तै खेदजनक छ ।’

सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश विपरित छ भएको पनि तरुण दलले उल्लेख गरेको छ ।

‘आम जनताको अभिभावकको भूमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अवहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पूर्ण जनताको निःशुल्क परीक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘रोग भोक र अभावमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?’ भन्दै तरुणदलले प्रश्न समेत गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते