प्रधानमन्त्री ओलीको निर्णय कागजमै सीमित, तुइनमा झुन्डिएरै बित्ने भो जिन्दगी ! | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको निर्णय कागजमै सीमित, तुइनमा झुन्डिएरै बित्ने भो जिन्दगी !


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमै देशभरबाट तुइन विस्थापन गरिसक्ने घोषणा गरेका थिए ।

संविधान जारी भएपछि २०७३ सालमा प्रधानमन्त्री बनेका ओलीले पहिलो निर्णय नै देशभरबाट तुइन विस्थापन गरी तुइनको ठाउँमा झोलङ्गे पुल निर्माण गर्ने थियो । तर, प्रधानमन्त्री ओलीको घोषणा कागजमै सीमित रहन पुगेको छ ।

दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।

नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्ना बजार जान्छिन् । तुइनमा झुण्डिएर जाँदा उनलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै डरले सातो जाने गरेको छ ।

बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर घर्ती र अमर पुनलगायत स्थानीय तुइनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न बाध्य छन् ।

ठूलाबगरका स्थानीयका लागि सदरमुकाम खलङ्गा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन चढ्नै पर्ने बाध्यता छ ।

उनीहरू मात्र हैन, वर्षौंदेखि सयौँ स्थानीय तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् ।

आठवीसकोट नगरपालिका–१४ का सिर्जना आधारभूत विद्यालयका शिक्षक ज्ञानबहादुर घर्तीले भने, ‘ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य हुनुपरेको छ ।’

त्यस्तै, पश्चिम रुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्ले मेलालगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् ।

स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुण्डिएर १०० मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ ।

तुइन तार्दा तार्दै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ ।

भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक पटक आग्रह गरे पनि राजनीतिक पहँुच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरवासीको गुनासो छ ।

उता नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभएको छ । वडा नं १ को ठूलाबगर र वडा नं ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन् । पुल बनाउन नगरको बजेटले नभ्याउने हुँदा सङ्घीय सरकारसँग माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : ०३ बजे

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती