आईपीएलको सट्टेबाजी गर्ने ३ पक्राउ, १ लाख ७७ हजार रुपैयाँ बरामद « Khabarhub

आईपीएलको सट्टेबाजी गर्ने ३ पक्राउ, १ लाख ७७ हजार रुपैयाँ बरामद


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट तीन जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ बर्षका राजुकुमार यादव, २७ बर्षका दीपककुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ बर्षका रवि दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सट्टेबाजीका लागि प्रयोग गरेको बिभिन्न बैंकको चेक, नगद १ लाख ७७ हजार ५० रुपैयाँ र मोबाइल २ थान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

उनीहरु विरुद्ध सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ०५ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका