अफगानिस्तानको जलालावादमा भागदौड, १५ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको जलालावादमा भागदौड, १५ जनाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको जलालावादमा भागदौडमा मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

अफगानी सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए । सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त कन्सुलेटमा लाइनमा लागेका महिलालाई लक्षित गरेर बुधबार अपराह्न बम पड्किएको हल्ला मच्चाइएपछि भागदौड भएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनका अनुसार घटनामा अरू १० जना घाइते भएका छन् । मृत्यु भएकाहरू पाकिस्तानका र अफगानिस्तानका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : ३७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष