चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण « Khabarhub

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ ।

हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो ।

गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु रु ७००, राँगाको मासु रु ३५०, सुँगुरको मासु रु २४०, ब्रोइलर कुखुराको मासु रु ३००, गिरिराज कुखुराको मासु रु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य रु ५०० निर्धारण गरेको छ ।

यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो) रु १००, स्थानीय जातकै (छोटो) रु ७५, वर्षे धानको चामल रु ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल रु ७५, सोना मन्सुली चामल रु ५० र कान्छी मन्सुली चामलको मूल्य रु ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार प्रतिकेजी स्थानीय जातको कालो दाल रु १५०, सेतो मास रु १००, मुसुरी दाल रु १४०, प्रतिलिटर तोरीको खाने तेल रु १९०, सूर्यमुखी तेल रु १८०, प्रतिकेजी आयोडिनयुक्त नुन रु ३० र ढिके नुनको मूल्य रु २० निर्धारण गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे/नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा चाडपर्व भित्रिएसँगै व्यापारीले कालोबजारी शुरु गरेको गुनासो आएका छन् । जिल्लामा हुने कालोबजारी नियन्त्रण गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यदि कोहीकसैले कुनै पनि बहानामा कालोबजारी गरेर उपभोक्ता ठग्न खोजेमा तुरुन्त प्रहरीको १०० नं हटलाइन सेवामा फोन गर्नसमेत जिल्लावासीमा आग्रह गरिएको प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ०१ बजे

आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा

ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस्

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेलाई

‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’को व्यापार

मत सर्वेक्षणसम्बन्धी समाचारप्रति रेनुको आपत्ति, सेतोपाटीलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र

चितवन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार

के.सी.सी.मा अनेरास्ववियूको आन्दोलन

काठमाडौं– अनेरास्ववियू कान्तिपुर सिटी कलेज (के.सी.सी) क्याम्पस कमिटीले कलेज प्रशासनविरुद्ध