आईसीसी-१९ विश्वकप एसिया छनोट–नेपालले मलेसियालाई ८ विकेटले हरायो « Khabarhub

आईसीसी-१९ विश्वकप एसिया छनोट–नेपालले मलेसियालाई ८ विकेटले हरायो


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ । आईसीसी-१९ विश्वकप एसिया छनोटको आज (सोमबार) को खेलमा नेपाली टोलीले आयोजक मलेसियाले दिएको लक्ष्य १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै पुरा गरेको हो ।

नेपालको जीतमा ओपनिङ ब्याट्सम्यान रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । उनले ४५ बलको सामना गरेर ५ चौका प्रहार गरे ।
यस्तै, आसिफ शेखले २६, पवन शरार्फले १९ र कप्तान रोहित कूमार पौडेलले ६ रन मात्रै बनाए । नेपालविरुद्ध मलेसियाका अफिक सायकिर र सुक्रि मदेलीले समान एक-एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाविरुद्ध नेपाली बलर हावी हुँदा मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएको थियो । मलेसियाविरुद्ध नेपालका पवन शरार्फ र कुसल मल्लले उत्कृष्ट बलिङ गर्दै तीन-तीन विकेट लिएका थिए ।

मलेसिायका लागि ९५ रन बनाउने क्रममा इज्जत डेनियल फिक्रिले ३७ रन बनाएका थिए । जीतसँगै अंकतालिकामा ४ अंक भएको छ । शीर्ष स्थानको युएईको ६ अंक रहँदा ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २३ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ