लेबनानका पूर्वप्रधानमन्त्री हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित | Khabarhub Khabarhub

लेबनानका पूर्वप्रधानमन्त्री हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ ।

संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उनले सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए ।

त्यसबेला सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए । मुलुकलाई आर्थिक संकटमा पुर्‍याएको आरोपमा त्यसबेला उनको नेतृत्वको सरकारविरूद्ध प्रदर्शन भएको  थियो ।

गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर, उनी धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनले राजीनामा दिएका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए । उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन् । पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ५ : ५५ बजे

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश

भारतसँग जोडिएका सिरहाका सीमानाका तीन दिन बन्द हुने

सिरहा – भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले