अनुमतिबिना दारी राखेपछि उत्तर प्रदेशका एक प्रहरी निलम्बित « Khabarhub

अनुमतिबिना दारी राखेपछि उत्तर प्रदेशका एक प्रहरी निलम्बित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेशका मुसलमान समुदायका प्रहरीलाई अनुमति बिना दारी पालेको भन्दै निलम्बित गरिएको छ ।

बागपतस्थित एक मुसलमान सब-इन्स्पेक्टरलाई विनाअनुमति दारी राखेर अनुशासन पालन नगरेको भन्दै निलम्बन गरिएको हो ।

बागपत थाना रमालाका सब-इन्स्पेक्टर इन्तेसार अली निलम्बनमा परेसँगै साम्प्रदायिक निर्णय गरेको भन्दै उक्त निर्णय विवादित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उत्तर प्रदेशका प्रहरी अधिक्षक अभिषेक सिंहले कानूनको दायरामा रहेरै कारबाही गरेको प्रष्ट्याएका छन् ।

सइ अलीले भने आफूले गएको वर्ष नोभेम्बरमा नै दारी राख्न अनुमति मागेको भए पनि नदिइएको बताएका छन्। जरुरी परे आफू अदालत पनि जान तयार रहेको उनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : १५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र