अनुमतिबिना दारी राखेपछि उत्तर प्रदेशका एक प्रहरी निलम्बित | Khabarhub Khabarhub

अनुमतिबिना दारी राखेपछि उत्तर प्रदेशका एक प्रहरी निलम्बित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेशका मुसलमान समुदायका प्रहरीलाई अनुमति बिना दारी पालेको भन्दै निलम्बित गरिएको छ ।

बागपतस्थित एक मुसलमान सब-इन्स्पेक्टरलाई विनाअनुमति दारी राखेर अनुशासन पालन नगरेको भन्दै निलम्बन गरिएको हो ।

बागपत थाना रमालाका सब-इन्स्पेक्टर इन्तेसार अली निलम्बनमा परेसँगै साम्प्रदायिक निर्णय गरेको भन्दै उक्त निर्णय विवादित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उत्तर प्रदेशका प्रहरी अधिक्षक अभिषेक सिंहले कानूनको दायरामा रहेरै कारबाही गरेको प्रष्ट्याएका छन् ।

सइ अलीले भने आफूले गएको वर्ष नोभेम्बरमा नै दारी राख्न अनुमति मागेको भए पनि नदिइएको बताएका छन्। जरुरी परे आफू अदालत पनि जान तयार रहेको उनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : १५ बजे

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार