कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै १५ नेपाली « Khabarhub

कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै १५ नेपाली



दोहा- कुवेतस्थित लारिज ग्रिल क्याट्रिङ कम्पनीमा कार्यरत १५ जना नेपाली युवा पारिश्रमिक बिना काम गर्न बाध्य भएका छन् । उनीहरूले ६ महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

उनीहरू काठमाडौँमा रहेको कास्की ओभरसिज म्यानपावरमार्फत विगत १७ महिना अघि कुवेत पुगेका थिए । कम्पनीले उनीहरूलाई कोभिड–१९ को कारण देखाउँदै ६ महिनादेखि तलब नदिएको त्यहाँ कार्यरत कास्कीका दिलबहादुर विश्वकर्माले खबरहबलाई बताए ।

उनले १५ जनामध्ये ४ जनालाई कम्पनीले बन्धकजस्तै बनाएर कोठामा राखेको बताएका छन् । कामदारलाई कम्पनीले एकै ठाउँ नराखी फरक फरक क्याम्पमा राखेको छ ।

‘कम्पनीले सुरुदेखि नै तलब समयम उपलब्ध गराएको थिएन, पछि झन् कोरोनाको कारणले बिजनेस नभएको भन्दै काम मात्र लगाउँछ, तलब दिँदैन,’ काठमाडौँका सुनिल तामाङले खबरहबसँग भने, ‘काम नगरे कुछट्न्, काम नगरे जे पनि हुन् सक्छ धम्क्याउने गरेका छन् ।’

कुवेतस्थित नेपाली दूतावासमा गुनासो गर्दा पनि खासै चासो नदिएको सुनिलको अरोप छ । उनले आफूहरूको उद्धारका लागि आग्रह गरेका छन् ।

कुवेतमा रहेका सामाजिक अभियन्ता चन्द्र पाइजा पुनमगर मार्फत खबरहबको सम्पर्कमा आएका उनीहरूले आफूहरूलाई पठाउने म्यानपावर कम्पनीलाई पनि समस्या जानकारी गराएको तर समाधान नभएको बुटवलका अनिलबहादुर सुनारले बताए ।

अनिलका अनुसार म्यानपावर कम्पनीले एकदुई दिनमा समाधान हुन्छ भन्दै झुक्याउनले गरेको छ ।

काम गरेको तलब नदिए पनि टिकट काट्ने पैसा र पासपोर्ट फिर्ता पाए आफूहरू स्वदेश फर्किन तयार रहेको उनीहरूको भनाइ छ । म्यानपावर कम्पनी र दूतावासले उद्धारका लागि कुनै सहयोग नगरेको उनीहरूको आरोप छ ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्‍याइदिन विभिन्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । दशैँका कारण दूतावास र म्यानपावर बन्द रहेकोले सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ३७ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको