नेपालमा आज पनि नयाँ कोरोना संक्रमितभन्दा निको हुने बढी « Khabarhub

नेपालमा आज पनि नयाँ कोरोना संक्रमितभन्दा निको हुने बढी


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या धेरै देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांक अनुसार २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने ३ हजार ३३६ जना निको भएर घर फर्किएका छन् ।

हिजो शनिबार २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा २ हजार ८४६ जना निको भएका थिए ।

हालसम्म १ लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो ।

नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १,८४९ र सबैभन्दा कम प्रदेश २ मा ५९ जना संक्रमित फेला परेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ४ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना