विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख नाघ्यो


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- विश्वमा कोरोना भाइरस (कोभिड १९)सङ्क्रमितको संख्या ४ करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाइएको छ।

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख ४६ हजार ४४६ जना कोभिड १९ सङ्क्रमित भएका छन्। यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ५४ हजार ८६२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड १६ लाख ७३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ।

कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन्।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ। उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख ३०० हजार ६८ जनाको मृत्यु भएको छ। उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन्।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ। भारतमा ७८ लाख ६४ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख ८१ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ। रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ९७ हजार १६७ जना सङ्क्रमित रहेका छन्।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा ७० लाख ७८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ। विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको