पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति « Khabarhub

पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन आग्रह गरेका छन् ।

विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताए ।

देशमा कोरोनाको सङ्क्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा सङ्क्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपतिले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् ।

दशैँका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिनु भएका स्वास्थ्य र  सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उहाँले  पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका सङ्क्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा व्यक्त गरेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे पनि स्वास्थ्यवस्था गम्भीर बनेका कतिपय सङ्क्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु  दुःखद् भएको उनले उल्लेख गरे ।

उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्यवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

तीनै तहका सरकार र आमनागरिकको प्रयासले कोरोना भाइरस नियन्त्रणमा आउने र आगामी चाडपर्व विगत वर्षमा जस्तै उल्लासमय वातावरणमा मनाउन पाउने अवस्थाको अपेक्षासमेत उनले गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : २० बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल