इस्लामिक स्टेटका वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिए « Khabarhub

इस्लामिक स्टेटका वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिए


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– सुरक्षा बलको कारवाहीमा इराकमा आतंककारी समूह इस्लामिक स्टेटका एक वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिएका छन् ।

उत्तरपूर्वी इराकको हमरिन पहाडी क्षेत्रमा सेनाले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको हो । मारिने कमाण्डरको पहिचान भने खुलाइएको छैन ।

मुलुकको दियाला प्रान्तमा प्रतिआतंवादी विशेष फौजले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको जनाइएको छ । दियाला प्रान्तको राजधानी बकुबा नजिक गरिएको कारवाहीमा इस्लामिक स्टेटका वरिष्ठ कमाण्डर र उनका ४ ‘अनुयायी’ को ज्यान गएको बताइएको छ ।

पछिल्ला केही दिनमा त्यस क्षेत्रमा इराकी सेना तथा अमेरिकी सेनाका लडाकु विमानबाट भारीस्तरमा हवाई आक्रमण हुँदै आएको थियो ।

हाल इराकमा इस्लामिक स्टेटको नियन्त्रणमा कुनै पनि भूभाग नरहेपनि इस्लामिक स्टेटका लडाकुहरु मुलुकको विभिन्न स्थानमा लुकेर छापामार शैलीमा आक्रमण गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : १३ बजे

अमेरिकी डलरको अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३