चीनमा एकजनालाई कोरोना देखिएपछि ४७ लाखको परीक्षण गरिँदै | Khabarhub Khabarhub

चीनमा एकजनालाई कोरोना देखिएपछि ४७ लाखको परीक्षण गरिँदै


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ ।

सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका बासिन्दालाई शहर नछोड्न आदेश दिइएको छ ।

सिन्जियाङको काशगार सहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन् ।

संक्रमण दर घटाउन समग्रमा चीन सफल देखिएको छ । तर संक्रमण फैलिने क्रम भने सुषुप्त रुपमा जारी नै छ ।

सिन्जियाङमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङस्थित सरकारले उत्पीडन गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन् ।

काशगार सहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको संक्रमण देखिएको हो ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यमका अनुसार ‘नियमित परीक्षण’का क्रममा ती महिलामा संक्रमण भएको पाइएको हो । चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना भाइरस संक्रमित परेका हुन् ।

ती महिलामा कोरोना देखिएपछि परीक्षण व्यापकरुपमा सुरु गरिएको हो । लक्षण नदेखिएका कोरोना संक्रमितलाई चीनमा आधिकारिक रूपमा संक्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन ।

कोरोना भाइरसबाट चीनमा हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । बीबीसीबाट

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : ५९ बजे

जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौँ- गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला

टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको

शेयरबजार नेप्से असोज २ सम्म बन्द हुने

काठमाडौँ – नेपालको एकमात्र शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) असोज

ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति

ओस्लो- आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको