देशभर २४ घण्टामा ५७० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा ५७० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० थियो ।

पछिल्लो २४ घण्टामा थप ३१६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १५ हजार६७५ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

यस्तो छ विवरण

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ४ : ३५ बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत