दशैँमा परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी, ७४ प्रतिशत निको | Khabarhub Khabarhub

दशैँमा परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी, ७४ प्रतिशत निको


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी देखिएको छ ।

एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए ।

सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए । अर्थात् कात्तिक ८ मा महाअष्ठमी सुरू  भए यताका ४ दिनमा जम्मा ३३ हजार ९०४ वटा नमूनाको मात्रै परीक्षण भएको छ । ४ दिनमा भएको उक्त परीक्षणमा ७ हजार ३९२ संक्रमित थपिएका छन् ।

यस्तो छ ४ दिनको परीक्षण विवरण

कात्तिक ८- १३८४६ पीसीआर परीक्षण २२२५ संक्रमित

कात्तिक ९-१२३११ पीसीआर परीक्षण २८५६ संक्रमित

कात्तिक १०- ५००६ पीसीआर परीक्षण १७४१ संक्रमित

कात्तिक ११- २७२५ पीसीआर परीक्षण ५७० संक्रमित

७४ प्रतिशत निको

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्नसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, बागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा मात्रै तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा मंगलबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ जनाको आईसीयूमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३२ हजार ४६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

मंगलबारसम्मको विवरणअनुसार नेपालमा ८७६ संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ३ : ३० बजे

यस्तो देखियो नेपाल–चीन सांस्कृतिक सम्मेलन (तस्बिरहरू)

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन