कृषि क्षेत्रको विकास गर्न विश्व बैंकले ९ अर्ब दिने « Khabarhub

कृषि क्षेत्रको विकास गर्न विश्व बैंकले ९ अर्ब दिने


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।

नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ ।

चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख

यसैबीच, एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको जनाइको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  २ : ३० बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत