पर्वत सदरमुकाममा एक साताका लागि निषेधाज्ञा « Khabarhub

पर्वत सदरमुकाममा एक साताका लागि निषेधाज्ञा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने निर्णय भएको जनाएको हो ।

शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कात्तिक १३ गते बसेको जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको छलफलले उक्त निर्णय गरेको गौतमले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ६ : ४६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले