प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि उल्भ्सको सहज जित « Khabarhub

प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि उल्भ्सको सहज जित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ईङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसमाथि उल्भ्सले सहज जित हात पारेको छ ।

शुक्रबार राति घरेलु मैदानमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो ।

युवा खेलाडी रायल एट नुरीले डेब्यु खेलमा गोल गर्दै खेल जितेपछि उल्भ्स शीर्ष तीनभित्र पनि परेको छ ।

२१ वर्षीया फ्रान्सका लेफ्ट ब्याक यसै सिजन लोनमा उल्भ्स आएका नुरीले १८औं मिनेटमा गोल गर्दै उल्भ्सलाई अघि बढाएका थिए ।

क्यासटिलो पोडेन्सले २७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो र, उल्भ्स खेल २-० ले जित्यो ।

जितसँगै उल्भ्सले शीर्ष स्थानका क्लबहरु एभर्टन र लिभरपुलसंगै १३ अंक जोडेको छ ।

गोल अन्तरका आधारमा एभर्टन शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानमा छ । क्रिस्टल प्यालेस १० अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ५३ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार