कृष्णपुरको मालुमेला जंगलमा एक किशोरीसहित तीन जनाको शव फेला | Khabarhub Khabarhub

कृष्णपुरको मालुमेला जंगलमा एक किशोरीसहित तीन जनाको शव फेला


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउदको शव भेटिएको हो।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि फेला परेको छ ।

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।

त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ। गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए।

झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिणमा चौधरीको शव भेटिएको थापाले बताए । उनीहरु बेपत्ता भएपछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटे पनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन्।

आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो। प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : २३ बजे

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद्

जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना

माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ ।

थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं– राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले

बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगञ्ज– बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको