सौराहामा पर्यटकको चहलपहल बढेपछि व्यवसायी उत्साहित | Khabarhub Khabarhub

सौराहामा पर्यटकको चहलपहल बढेपछि व्यवसायी उत्साहित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ ।

लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो ।

दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।

उनका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले जानकारी दिए । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु आएको भट्टराईको भनाइ छ ।

उनले भने, ‘यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।’

गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ ।

जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उनले भने, ‘व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।’

राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले जानकारी दिए ।

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष समेत रहेका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि उत्साह थपिएको बताए ।

आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । उनले भने, ‘पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।’

सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनको भनाइ छ ।

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ ।

स्वदेशी र विदेशी पर्यटक चितवन जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ३९ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त