सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित, कसरी भोट गर्न सकिन्छ ? « Khabarhub

सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित, कसरी भोट गर्न सकिन्छ ?


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमरर्जिङ प्लेयर अवार्ड’को मनोनयनमा परेका छन् ।

आईपीएलमा दोस्रो सिजनमा पनि दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीप इमर्जिङ प्लेयरको अर्वाका लागि मनोनयनमा पर्न सफल भएका हुन् ।

इमरर्जिङ प्लेयर अवार्डका लागि सन्दीपसँगै रोयल च्यालेन्जर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् ।

यसअघिको सिजनमा दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्स) बाट खेलेका सन्दीपले अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएपछि यो सिजनका लागि दिल्लीले रिटेन गरेको थियो । यो सिजनमा उनले दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिइसकेका छन् ।

मनोनित पाँचौ जना खेलाडीका लागि भोटिङ शुरु भइसकेको छ । अघिल्लो वर्ष दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान रिसभ पन्तले पाएका थिए । खेलाडीलाई भोटिङ र टेलिभिजन कमेन्टेटरको मूल्याङ्कनका आधारमा छनोट गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

यसरी भोट गर्न सकिन्छ, यहाँ क्लिक गर्नुस्

 

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : ३५ बजे

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव

छानबिनका लागि तयार छु, आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् : रवि किरण

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

कांग्रेसले सरकारलाई भन्यो : आयोगले नाम तोकेकालाई राजनीतिक संरक्षण होइन, कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले बुधबार