आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य « Khabarhub

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी लिग चरणको ५१ औं खेलमा दिल्लीले मुम्बईलाई १११ रनको समान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११० रन मात्र बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए ।

सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको दिल्लीका लागी अन्य खेलाडीहरुमा ऋषभ पन्त (२१), रविचन्द्रन अश्विन (१२), कगिसो रबाडा (१२), पृथ्वी शा (१०) र शिमरोन हेटमायरले (११) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेन ।

मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए ।

मुम्बईका अन्य खेलाडीहरु नाथन कूल्टर–नाइल र राहुल चाहरले एक–एक विकेट लिए । आजको खेल दिल्लीको लागि महत्वपूर्ण रहेको छ । मुम्बई सँगको खेल दिल्लीले जितेमा टोली आईपीएलको प्लेअफमा पुग्नेछ । मुम्बईले अहिले सम्म खेलेको १२ खेल मध्ये ८ मा जित र ४ मा हार ब्योहोरेको छ ।

टोली १६ अंक र १.१८६ रनरेट सहित अंक तालिकाको शिर्षमा रहदै आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको छ । १२ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : ५३ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति