धनगढी- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।
मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् ।
प्रतिक्रिया