लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग « Khabarhub

लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गत साउन ७ र ८ गते जमजुङको मर्स्यांग्दी गाउँपालिका–३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडित बनेका परिवारलाई २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको हो ।

क्लबले गत साउन ८ गतेदेखि शुरु गरी तीन महिनासम्म पल्लोटारीलगायतका बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो । संविधानसभाका तत्कालीन सदस्य जमिन्द्रमान घले, क्लबका अध्यक्ष कुमार भण्डारीलगायतले वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै नेता घलेले यहाँका बाढीपहिरा पीडितका लागि तीनवटै प्रदेश सरकार लागिपरिरहेका बेला नागरिकस्तरबाट समेत यसरी सहयोग आउँदा राज्यलाई थप सहज हुने बताए ।

बाढीपहिराले २१ घर पूर्ण ध्वस्त बनाएको थियो । त्यसबाट ३२ आधाजस्तै भत्किएको र २९ घर उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा सहारा लिएर बस्दै आएका छन् ।

त्यस्तै, सो अभियान सञ्चालन गरी क्लबमार्फत सङ्कलित रकममध्ये अन्य वडा तथा पालिकाका बाढीपीडितलाई समेत आज नै प्रदान गरिएको छ । बाँकी रकम क्लबले प्राकृतिक प्रकोप कोष स्थापना गरी जम्मा गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ५८ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई