लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग « Khabarhub

लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गत साउन ७ र ८ गते जमजुङको मर्स्यांग्दी गाउँपालिका–३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडित बनेका परिवारलाई २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको हो ।

क्लबले गत साउन ८ गतेदेखि शुरु गरी तीन महिनासम्म पल्लोटारीलगायतका बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो । संविधानसभाका तत्कालीन सदस्य जमिन्द्रमान घले, क्लबका अध्यक्ष कुमार भण्डारीलगायतले वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै नेता घलेले यहाँका बाढीपहिरा पीडितका लागि तीनवटै प्रदेश सरकार लागिपरिरहेका बेला नागरिकस्तरबाट समेत यसरी सहयोग आउँदा राज्यलाई थप सहज हुने बताए ।

बाढीपहिराले २१ घर पूर्ण ध्वस्त बनाएको थियो । त्यसबाट ३२ आधाजस्तै भत्किएको र २९ घर उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा सहारा लिएर बस्दै आएका छन् ।

त्यस्तै, सो अभियान सञ्चालन गरी क्लबमार्फत सङ्कलित रकममध्ये अन्य वडा तथा पालिकाका बाढीपीडितलाई समेत आज नै प्रदान गरिएको छ । बाँकी रकम क्लबले प्राकृतिक प्रकोप कोष स्थापना गरी जम्मा गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ५८ बजे

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक